Logo

२१ मंसिर,वीरगञ्ज । नेपाल मेडिसिटी वयोधा अस्पताल, बिरगंजले नेपाल मेडिसिटी अस्पताल, काठमाडौं र फूलकुमारी महतो मेमोरियल अस्पताल, सिरहाको सहकार्यमा गढीमाई मेला २०८१ मा १० शैयाको फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ ।

मंसिर १७ देखि मंसिर २७ सम्म मेलामा आपतकालीन सेवा प्रदान गर्ने उद्देश्यले यो अस्पताल सञ्चालन गरिएको हो । मेलामा देखिन सक्ने आकस्मिक स्वास्थ्य समस्या समाधान गर्न अस्पतालले विशेष आपतकालीन इकाइ स्थापना गरेको छ । हालसम्म यो इकाइले करिब २५० बिरामीहरूको उपचार गरिसकेको छ ।

यसका साथै, अस्पतालले मेलाभरि चलायमान स्वास्थ्य शिविर (मोबाइल क्लिनिक) पनि सञ्चालन गरिरहेको छ। यी सेवाहरू अन्तर्गत निःशुल्क औषधि वितरण समेत गरिएको छ । फिल्ड अस्पतालका क्लिनिकल अपरेसन प्रमुख डा. मनबोध कुमार शाहका अनुसार, यस्ता पहलहरूले भिडभाडयुक्त स्थानमा हुने सम्भावित ठूला दुर्घटनाका जोखिमलाई न्यून गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

गढीमाई मेला जस्तो भीडभाड हुने स्थानमा यस्तो सुविधाले केवल आकस्मिक स्वास्थ्य समस्याको व्यवस्थापनमा सहजता ल्याएको नभई मानिसहरूलाई समयमै उपचार प्राप्त हुने सुनिश्चितता पनि दिएको जर्नाको छ । मेलामा सहभागी जनताले यस प्रकारको सुविधाबाट ठूलो राहत महसुस गरेको बताएका डा.शाहले बताए ।

यस प्रकारको स्वास्थ्य शिविर सञ्चालनले सार्वजनिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ र यस्ता कार्य भविष्यमा पनि निरन्तरता पाउनुपर्ने डा. शाहले उल्लेख गरे ।


सम्बन्धित समाचार