२६ मंसिर, वीरगञ्ज । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वीरगञ्जबाट काठमाडौ हुँदै पोखरा पुर्याइएको छ ।
वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं लगिाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई आज विहान ९ बजे वीरगञ्जबाट सिमरा विमानस्थलमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी किशोर लम्सालले जानकारी दिए ।
वीरगञ्जको बयान सकिएसँगै लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुरेको छ । अब प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।