Logo

एजेन्सी । दक्षिण कोरियाका पूर्व रक्षा मन्त्रीले यस महिनाको मार्सल ल अपरेसनमा उनको भूमिकाका लागि औपचारिक रूपमा गिरफ्तार हुनु भन्दा केही समय अघि आत्महत्या गर्ने प्रयास गरेको कारागारका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

राष्ट्रपति युन सुक येओलले डिसेम्बर ३ मा मार्सल ल घोषणा गर्दै सैनिक र हेलिकोप्टरहरू संसद्मा पठाए । तर, संसद् सदस्यहरूले यसलाई अस्वीकार गरेपछि केही घन्टामा नै त्यो आदेश फिर्ता लिन बाध्य भए ।

रक्षा मन्त्री किम योङ–ह्युनले गत बिहीबार राजीनामा दिएका थिए र मङ्गलबार ‘विद्रोहको समयमा महत्त्वपूर्ण कार्यमा संलग्न’ र ‘अधिकारको प्रयोगमा बाधा पु¥याउने दुरुपयोग’ लगायतका अभियोगमा औपचारिक रूपमा पक्राउ परेका थिए ।

संसदीय सुनुवाइका क्रममा कोरिया करेक्शनल सर्भिसका आयुक्त जनरलले पूर्वमन्त्रीले आफ्नो गिरफ्तारीको घोषणा हुनु भन्दा केही मिनेट अघि आत्महत्या गर्ने प्रयास गरेको बताए ।

“मध्यरातको केही समय अघि (मङ्गलबार ३ बजे) पूर्व रक्षा मन्त्री किम योङ–ह्युनले सोल डोङबु हिरासत केन्द्रमा आत्महत्याको प्रयास गरे ”, सिन योङ–हेले भने ।

बुधबार बिहान आफूले रिपोर्ट प्राप्त गरेको उल्लेख गर्दै सिनले किमले आफ्नो कपडाको डोरी प्रयोग गरेर शौचालयमा आत्महत्या गर्ने प्रयास गरेको बताए ।
“कन्ट्रोल रुमका एक कर्मचारी सदस्यले हस्तक्षेप गरे र जब उनीहरूले ढोका खोले, उनले तुरुन्तै आत्महत्यको प्रयास त्यागे”, सिनले भने ।

सिनका अनुसार किम अहिले सुरक्षित र स्वास्थ्य रहेका छन् ।रासस


सम्बन्धित समाचार