Logo

२९ म्ंसिर, काठमाडौँ । सन् २०२४ पत्रकार र सञ्चारकर्मीका लागि निकै खतरापूर्ण रहेको तथ्यांक सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को( ले सार्वजनिक गरेको तथ्यांकमा सन् २०२४ को डिसेम्बर सम्ममा ६८ जना पत्रकार र सञ्चारकर्मी कर्तव्य पालनाका क्रममा मारिएको उल्लेख छ ।

जसमा ६० प्रतिशत भन्दा बढी हत्या द्वन्द्वग्रस्त देशहरूमा भएको र यो संख्या पछिल्लो दशकमा सबैभन्दा धेरै भएको प्रतिवेदनमा उल्लेख छ । युनेस्कोले यो वर्ष द्वन्द्व र युद्ध क्षेत्रमा ४२ जना पत्रकार मारिएकोमा त्यसमध्ये प्यालेस्टाइनमा मात्रै १८ जना मारिएको जनाएको छ ।

यसैगरी युक्रेन, कोलम्बिया, इराक, लेबनान, म्यानमार र सुडानजस्ता अन्य देशहरूमा पनि धेरै जना पत्रकार मारिएको उल्लेख छ । यसैबीच युनेस्कोकी महानिर्देशक अड्री अजौलेले कर्तब्य पालनाको क्रममा आफ्नो ज्यान दिनुपर्ने घटना निकै दुखद भएको प्रतिक्रिया दिएका छन् ।


सम्बन्धित समाचार