२९ मंसिर,वीरगञ्ज । नेपाल पत्रकार महासङ्घ, मधेस प्रदेशको निर्वाचनको मत परिणाम आईसकेको छ ।
अन्तिम मत परिणाम अनुसार प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका उम्मेदवार श्याम बञ्जरा अध्यक्षमा निर्वाचित हुनुभएको छ । महासचिवमा प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रेस मञ्च लगायतका संगठनका साझा उम्मेदवार शैलेन्द्र महतो (क्रान्ति) निर्वाचित हुनुभएको छ ।
चौतारी र युनियनको गठबन्धनबाट उम्मेदवार बन्नुभएका बञ्जराले ३१३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी अवधेस झाले २४६ मत पाउनु भएको छ । यस्तै महासंघ मधेस प्रदेशको महासचिवमा शैलेन्द्र महतो (क्रान्ति) विजयी हुनुभएको छ । उहाँले ३९० मत पाउनु भएको छ ।
उहाँको प्रतिद्वन्द्वी राजन सिंहले ३२१ मत पाउनु भएको छ । सिंह प्रेस चौतारी र प्रेस युनियनको साझा उम्मेदवार हुनुहुन्थ्यो । महिला उपाध्यक्षमा ज्योती झा निर्वाचित हुनुभएको छ । उहाँले ३७१ मत ल्याउनु भएको छ । उहाँको प्रतिस्पर्धी हेम कुमारी (सुनिता) ले २३१ मत पाउनु भएको छ । त्यस्तै सचिवमा प्रेस सेन्टरका दिपक गौतम विजयी हुनुभएको छ । उहाँले २६५ मत ल्याउनु भएको छ । उहाँका प्रतिद्वन्द्व नविन कुमार नवलले २५० मत ल्याउनु भएको छ ।