३० मंसिर, वीरगञ्ज । अल्लु अर्जुन र रश्मिका मन्डन्ना अभिनित पुष्पा २: डिसेम्बर ५ मा रिलिज भएको छ। पुष्पा २ द रुलले १० दिनमा विश्वभर ₹ ११९० करोड रुपैयाँ कमाएको छ ।
फिल्मले बक्स अफिसमा उल्लेखनीय सफलता हाथ्परेको छ । पुष्प २ विश्वव्यापी कलेक्सनमा ₹ १,००० करोड कमाउने सबैभन्दा छिटो भारतीय फिल्म बनेको छ । बाहुबली २ ले यो उपलब्धि हासिल गर्न १०–११ दिन लगाएको थियो तर पुष्पा २ ले ६ दिनमा यो सफलता हाथपारेको छ ।
अल्लु अर्जुन र रश्मिका मन्डन्ना अभिनीत चलचित्र ‘पुष्पा २: द रुल’ ले बक्स अफिसमा उल्लेखनीय प्रभाव पारिरहेको छ। सन् २०२४ को भारतीय चलचित्रको सबैभन्दा धेरै कमाउने चलचित्र बनेको यो चलचित्रले दोस्रो शनिबार भारतीय ₹ ६२.३ करोड रुपैयाँ कमाएको थियो, स्कंलिंक डट कमले संकलन गरेको तथ्यांकले देखाएको छ। प्रतिवेदनमा भनिएको छ कि फिल्मले १० दिनमा ७१.१५ प्रतिशत जम्प गरेको छ। यसअघि ९ दिनमा, ब्लकबस्टर फिल्मले ३६.४ करोड कमाएको थियो ।
दिन १० मा पुष्पा २ विभिन्न भाषाहरूमा: हिन्दीमा ₹ ४६ करोड, तेलुगुमा १३ करोड, तमिलमा २.५ करोड, कन्नडमा ०.४५ करोड, र मलयालममा ₹ ०.३५ करोड कमाएको छ। भारतमा पुष्पा २: द रुलको कुल सङ्कलन ८२४.५ करोड रुपैयाँ पुगेको छ। यसमा हिन्दी भाषाबाट ₹४९८ १ करोड, तेलुगुबाट ₹ २६२.६ करोड, तमिलबाट ₹४४.९ करोड, कन्नडबाट ₹५ ९५ करोड, र मलयालमबाट ₹१२.९५ करोड कमाएको छ ।