Logo

२ पुष,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा रहेको प्रभु बैंकको काममा ढिलासुस्ती भएको सेवाग्राहीले गुनासो गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा सेवाका लागि जनो सेवाग्राहीले राजस्व दस्तुर बुझाउनका लागि घण्टौंसम्म बैंकमा लाईन बस्नुपर्ने बाध्यता रहेको गुनासो गरेका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साको राजस्व दस्तुरका सबै रकम प्रभु बैंकको खातामा जम्मा गरेको भौचर जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाउने गरिन्छ ।

तर, प्रभु बैंकका कर्मचारीहरुको ढिलासुस्ती र प्राविधिक समस्याका कारणले पनि सेवाग्राहीलाई ढिलो हुने गरेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको प्रभु बैंकको काउण्टरमा विद्युतको व्याकअप सुविधा नरहेको र लाईन कटेपछि काम नहुँदा सेवाग्राहीहरुलाई समस्या हुने गरेको एकजना सेवाग्राहीले बताए ।

बैंकले ब्याकअपको व्यावस्था नगर्दा राजस्व दस्तुर तिर्न सेवाग्राहीलाई घण्टौसम्म लाईनमा बस्नुपर्ने बाध्यता हुने र टाढाबाट आउने सेवाग्राहीलाई बास बस्नुपर्ने अवस्था आउने उनीहरुको भनाई छ ।


सम्बन्धित समाचार