३ पुष,वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि बसेको छ ।
महासंघका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा बसेको बैठकले चारवटा निर्णय गरेको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने निर्वाचन समिति, पत्रकार महासंघ पर्साका सदस्यहरु त्था सुरक्षाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्ने बैठकको पहिलो नम्बर बुँदाको निर्णय गरेको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघको नाममा रहेको खाता र स्व.नरेश सर्राफ स्मृति अक्षयकोषको नाममा रहेको खाता सञ्चालन गर्र्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ पर्साको चल अचल सम्पत्तिको लगत संकलन गरि एकमहिना भित्र कार्यसमितिमा बुझाउनका लागि कोषाध्यक्ष सञ्जिव मिश्रलाई जिम्मेवारी दिने निर्णय गरिएको पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनालले जानकारी दिए ।
त्यस्तै चौथो नम्बरको विविधमा पत्रकार सरोज खड्का र हिमाल शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको अध्यक्ष खनालले बताए ।