Logo

४ पुष, सेंढवा । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा बल सुवर्णपुरका डीएसपीले नियन्त्रणमा लिएको मोबाईल आर्थिक नजरना लिएर छोडेको खुलाशा भएको छ ।

पर्साको ठोरी गाउँपालिका वडा नम्बर–५ मा पर्ने चमरी गाउँ नजिकको हुलाकी सडक खण्डमा बुधबार बेलुका सशस्त्र प्रहरीले कागजपत्र शंकास्पद रहेको भन्दै नियन्त्रणमा लिएको १६० पिस मोबाइल आर्थिक चलखेल गरि छाडेको खुलाशा भएको हो ।

सुवर्णपुर मै रहेको एउटा मोबाईल पसलको नाममा ५०० पिस मोबाईलको अनलाइन बिल रहेको र पसल वालाले गाडी नपाएपछि १६० पिस मात्रै मोबाइल बाराको जितपुरबाट लिएर आउने क्रममा सशस्त्र प्रहरी बल प्रस्ताबित सीमा सुरक्षा गुल्म सुवर्णबाट सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी भरत बिसीको नेतृत्वमा रहेको सशस्त्र प्रहरीको टोलीले चेकजाच गर्ने क्रममा उक्त मोबाइल नियन्त्रणमा लिएका थिए ।

पछि डीएसपी बिसीले मोबाइल धनीलाइै बेलुका ८ बजे आफ्नो कार्यालयमा बोलाई जरिवाना तिर्ने कि भन्सार पठार्इ दिउँ भनेर थर्काउदै १० हजार आफूसँग लिएको मोबाइल पसलवालाले बताएका छन् ।

मोबाईल नियन्त्रणमा लिएको विषयमा सशस्त्रका डीएसपी बिसीसँग जानकारी लिँदा मोबाईल नियन्त्रणमा लिएको स्वीकार गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरबाट मोबाईल लिनु भनेर प्रतिक्रिया दिएका थिए ।


सम्बन्धित समाचार