Logo

५ पुस वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाको कागजात बाहिर निकालिएर आगो लगाईएको भिडियो सार्वजनिक भएको छ । आक्रोसमा रहेका विद्यार्थीहरुले नगरपालिकाको कार्यालय भित्र पसेर सरसमानको तोडफोड गर्दै कागजातमा आगो लगाएका हुन ।

नगर प्रमुख सिंगासन सा तेलीले कानून अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई बजेट सञ्चालन गर्न नदिँदा नगरपालिकाको शिक्षा, स्वास्थ्य लगायत विकासको काम समेत अवरुद्ध भएको छ ।

सामुदायिक विद्यालयका शिक्षकहरु तथा नगरपालिकाका कर्मचारीहरुले समेत तलब पाएका छैनन् । तलब नपाएपछि सामुदायिक विद्यालयको पठनपाठनमा समेत प्रभाव परेको छ । विद्यालयमा पठनपाठन बन्द भएपछि विद्यार्थीहरु आन्दोलित भएका छन् ।

आन्दोलित विद्यार्थीहरुले नगरपालिका भित्र पसेर कागजातसहित केही फर्निचर लगायतका समान बाहिर निकालेर आगो लगाएका छन् । आगो लगाइएको भिडियो समाजिक सञ्जालमा तिब्र रुपले भाईरल भईरहेको छ ।

सार्वजनिक भिडियो :


सम्बन्धित समाचार