Logo

५ पुष,वीरगञ्ज । वीरगञ्ज स्थित सानिमा बैंकको २० औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सानिमा बैंकको आफ्नै भवन लिङ्क रोड वीरगञ्जमा आयोजना गरिएको थियोे । वीरगञ्ज ब्रान्चका प्रमुख राज कुमार सोडारी को आतिथ्यमा भएको रक्तदान कार्यक्रम ८ महिला सहित २५ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नेहरुमा रजनी गुरुङ,सागर बिक्रम साह,मनिष सोनी,प्रीन्स श्रीवास्तव,हिमेश कुमार साह,सुरज कुमार झा,अनुप कुमार पटेल,सुरज कुमार पटेल,उमेश कुमार गुप्ता,शागर कुमार साह लागायत रहेका छन्।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप–शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता , सामाजिक अभियानता राजेन्द्र भट्टराई एवं बिरगंज रक्त संचार केन्द्रका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुश्वाहा , मनिश गुप्ता, श्री राम ठाकुर , लागायतका प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।


सम्बन्धित समाचार