५ पुष,वीरगञ्ज । बहुदरामाई नगरपालिकामा आज भएको घटनाको नेकपा एमालेका नेता तथा मेयरका प्रत्यासी शिव पटेलले दुख व्यक्त गर्नुभएको छ । नगरपालिकामा आज भएको तोडफोड र आगजनीको घटना अत्यन्त निन्दनीय रहेको भन्दै भ्रत्र्सना समेत गर्नुभएको छ । घटनाको परिस्थित कसरी बन्यो भन्ने विषय गम्भीर रहेको बताए ।
घटना घटनुको कारणको विषयमा चिन्ता गर्नु र बुझ्नु बहुदरमाई नगरवासीको कर्तव्य रहेको बताउनु हुदै यसको मुख्य कारणको खोजी हुनु आवश्यक रहेको बताए ।
तोडफोड र आगजनीको घटनाले नगरपालिकाको सम्पत्ति नोक्सानी भएको छ । त्यसको साथै नगरवासीका विद्यार्थीहरुको भविष्य समेत अन्धाकारमा धकेलिएको र विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेको बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको उपस्वकीय सचिव समेत रहनुभएका नेता पटेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै कर्मचारी भर्नाको विषयबाट शुरु भएको विवाद अहिले तोडफोडसम्मको आउँदा समेत मुख्य कारण भने बाहिर ल्याउन नखोज्नु दुर्भाग्य रहेको बताउनुभ एको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खराब भए के खराब हो ? त्यो सार्वजनिक गर्नुपर्ने बताए ।
जसको हठका कारणले आज क्षति भएको छ त्यसको क्षतिपूर्ति नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत वा जनप्रतिनिधिले दिनुपर्ने उहाँको तर्क छ । गल्ती गर्ने नगर प्रमुख आरोप अरुलाई लगाउनु ठिक नभएको उनको भनाई छ ।