६ पुष, काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाहीका लागि सिफारिश गरेको छ ।
महानगरले हिजो आकस्मिक पत्रकार सम्मेलन गरी काठमाण्डौ टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको भेटिएपछि कारबाहीको सिफारिश गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा महानगरका प्रवक्ता नविन मानन्धरले महानगरको मापदण्ड विपरित नक्शा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईले आधिकारिक प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएकोले आवश्यक छानबिन गरि कारबाही गर्न सिफारिश गरेको जानकारी दिएका छन् ।
प्रवक्ता मानन्धरका अनुसार प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हटाउने विषयमा भने अहिलेसम्म कुनै पनि पनि निर्णय गरिएको छैन ।