Logo

७ पुष, वीरगञ्ज । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको उपाधि जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज आइतवार सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुरले एनपीएलको उपाधि जितेर ऐतिहासिक उपलब्धि हासिल गरेकाले खुसीयाली मनाउन आज बिदा दिएको गाउँपालिकाले निकालेको सूचनामा उल्लेख छ ।

आज स्वास्थ्य चौकीका अत्यावश्यक सेवा बाहेक पालिका अन्तर्गतका सबै कार्यालय बन्द रहने सखुवा प्रसौनी गाउँपालिकाले जनाएको छ । हिजो भएको एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको छ ।

समाजिक सञ्जालमा अहिले यो विदाको के आवश्यक भनेर व्यापक विरोध भईरहेको छ भने कतिपयले समर्थन पनि जनाएका छन् । खेल प्रेमीहरुलाई उत्साहित बनाउनका निम्ति विदा दिइएको पालिका प्रमुख जसवन्त यादवले बताए ।


सम्बन्धित समाचार