Logo

७ पुष,कास्की । कास्कीको पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपीविरुद्ध आइतबार जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग दर्ता गरेको छ, जसमध्ये ५ जनाविरुद्ध तीनवटा कसुरमा अभियोग दर्ता भएको छ ।

सहकारीका पूर्व अध्यक्ष एवं सञ्चालक गितेन्द्र बाबु (जीबी) राई, गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, जीबीका पार्टनर रामबहादुर खनाल र जीबीनिकट लिला पछाईविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरिएको छ ।

सरकारी वकिल कार्यालयका अनुसार सूर्यदर्शन सहकारीको जम्मा दायित्व १ अर्ब ५२ करोड ५५ लाख ४१ हजार ५६४ रूपैयाँ ३३ पैसा (शेयर र आम्दानी समेत) हुन आएको छ, जसमा कूल अपचलन रकम कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रूपैयाँ (शेयर समेत) रहेको कार्यालयले जनाएको छ ।

के छ अभियोगपत्रमा ?


सम्बन्धित समाचार