Logo

९ पुष,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ सौराह टोलमा रहेको हड्डी प्रशोधन उद्योगबाट पीडित स्थानीयहरुको पक्षमा जिल्ला प्रशासन कार्यालय पर्साले पाँच बुँदे निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकमा स्यालले टोकेर घाईते बनाएकाहरुको उपचार हड्डी कारखानाले गरिदिनुपर्ने निर्णय गरेको छ ।

त्यस्तै हड्डी उद्योगबाट निस्किने दुर्गन्ध पूर्णरुपमा हटाउने व्यावस्था गर्नुपर्ने, आफ्ना उद्योग क्षेत्र वरिपरी जनावर मान्छे छिर्न नपाउने गरी तारजालीको बार लगाउनुपर्ने, उद्योग वरिपरी सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने र स्थानीयको स्वास्थ्य र सामाजिक क्षेत्रको लागि उद्योगले निश्चित रकम छुट्याएर सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च गर्नुपर्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

यद्यपि जिल्ला प्रशासन कार्यालय पर्साले गरेको निर्णयमा स्थानीयवासीले भने असन्तुष्टि जनाएका छन् । सौराहका स्थानीयको समस्या समाधानका लागि आज जिल्ला प्रशासन कार्यालयमा बोलाएपनि स्थानीयको प्रतिनिधित्व नगराएको भन्दै जिल्ला प्रशासन कार्यालयमा भएको बैठकप्रति असन्नुष्टि जनाएको मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल पर्साका उपाध्यक्ष नेता नरेश यादवले बताए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले भने स्थानीयलाई पनि बैठकमा प्रतिनिधित्व गराउन बोलाईएको भएपनि बैठक बसेको समयमा नआईपुगेकोले प्रतिनिधित्व गराउन नसकिएको बताए ।
यद्यपि स्थानीयको प्रतिनिधित्व नभएपनि उहाँहरुकै पक्षमा निर्णय गराएको प्रमुख जिल्ला अधिकारी अर्यालले दावी गरे

 


सम्बन्धित समाचार