Logo

९ पुष,सेढवा । जीराभवानी गाँउपालिकामा प्राकृतिक स्रोत व्यवस्थापनमा महिला तथा सिमान्तकृत समुदायको मुद्दाहरु सम्बन्धमा बहु सरोकारवाला बीचको संबाद कार्यक्रम आज सम्पन्न भएको छ ।

यूएसएड जल जंगलको आयोजना तथा जिराभवानी गाँउपालिकाको सहकार्यमा वडा नम्बर–३ को सभाहलमा सम्पन्न भएको हो । जलवायु परिवर्तन, वातावरणीय अपराध नियन्त्रण तथा पारिस्थिकीय वा जैबिक बिविधतामा सुधार गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

जल जंगलको संरक्षणका आम नागरिकको पहुँच बढाउन तथा सोबाट प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ लिनका लागि चेतनशीलताको बिषयमा संवाद गरिएका थिए । जल जंगलको संरक्षण गर्दा उत्पन्न बिभिन्न समस्यामाथि छलफल गरी संरक्षणका भावी योजनाहरु समेत निर्माण गरी कार्यन्वन गर्ने नीति ल्याउन आवश्यक रहेको सहभागीहरुले जनाएका छन् ।

वडा नं ५ का वडाध्यक्ष दारा सिंह राउत थारुको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रामशरण खवास, महादेव महतो थारु, सुरज राय थारु र राजेश्वर दास थारुले मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा डिभिजन वन कार्यालय, सामुदायिक वन, सामुदायिक वन उपभोक्ता समिति, जन प्रतिनिधि तथा बिषयगत शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जल जंगलको सुनिल चौधरी र मानबहादुर बिकले प्रशिक्षण दिनुभएको थियो ।


सम्बन्धित समाचार