१० पुष, काठमाडौँ । अफगानिस्तानामा मंगलबार राति पाकिस्तानले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको छ । अफगास्तानको पक्तिका प्रांन्तको बरमल जिल्लामा भएको हवाई आक्रमणमा महिला बालबालिकासहित कम्तीमा १५ जनाको ज्यान गएको अन्तराष्ट्रिय संचारमाध्यहरुले जनाएका छन् ।
पाकिस्तानले सात गाउँलाई निशाना बनाएर गरेको हवाई आक्रमणमा एकै परिवारका पाँच जनाको मृत्यु भएको सुरक्षाकर्मीले पुष्टि गरेका छन् । घटनाबारे अधिकारीहरुले केही नबताएपनि आक्रमण अफगानिस्तानमा तालिवानहरुका लागि गरिएको बताइएको छ । आक्रमणमा अन्य धेरै नागरिक गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।
तालिवान रक्षा मन्त्रालयले हमलाको निन्दा गदै बजिरस्तानका शरणार्थीहरु पनि हमलामा मारिएको जनाएको छ । अफगानिस्तानले तालिबानी आतंककारीहरुलाई शरण दिएको पाकिस्तानको आरोप छ ।