१० पुष, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा–३, कौवाबन र कटैया गाउँका मुसहर समुदायलाई न्यानो कपडा वितरण गरिएको छ ।
अमर क्षेत्री फाउन्डेसनको सहयोगमा पिसफोर दलितस फाउन्डेसन नेपालले एक सय जना वृद्ध, महिला, र पुरुषका लागि न्यानो ब्लाङ्केट तथा १२० जना बालबालिकाका लागि हाजिनी जैकेट, टोपी, ट्राउजर, र स्वेटर वितरण गरेको छ ।
अमेरिकामा बस्दै आएका समाजसेवी तथा फाउन्डेसनका अध्यक्ष अमर क्षेत्रीले प्रदान गरेको आर्थिक सहयोगबाट यी समुदायका सदस्यहरूलाई न्यानो कपडा वितरण पिसफोर दलितस फाउन्डेसन नेपालका अध्यक्ष मनोज रामले बताए ।
मुसहर समुदायका सदस्यहरूले न्यानो कपडा पाएपछि खुसी व्यक्त गरेका हुन् । दलित दबाब समूहका अध्यक्ष ज्यलाल रामको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा फाउण्डेशनका पारमानन्द राम, दिपेन्द्र राम, सुरेन्द्र पासवान, सन्जोग राम, अशोक राम, र बिनोद रामको उपस्थिति थियो ।