१० पुष,काठमाडौं । कजाखस्तानको अक्ताउ सहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ । स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए ।
कजाखस्तानको आपतकालीन मन्त्रालयका अनुसार विमानमा सवार २५ जना यात्रुहरू जीवितै बाँच्न सफल भएका छन् । जसमध्ये २२ जनालाई अस्पताल लगिएको छ।
अवतरण गर्ने क्रममा विमानमा आगो लागेको थियो । दुर्घटनामा परेको एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य थिए ।
समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो विमान अजरबैजान एयरलाइन्सको रहेको बताएको छ, जुन बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो। तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।