Logo

१२ पुष, काठमाडौँ । देशका धेरै पालिकाहरुको वेबसाइटमा समस्या आएको छ । काठमाण्डौ महानगरपालिकासहित केही पालिकाको वेबसाइट चले पनि अरु धेरै पालिकाको वेबसाइटमा तीन, चार दिनदेखि समस्या देखिएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बर्दियाको बाँसगढी नगरपालिकाको वेबसाइटबाट छिरेर ह्याकरले अरु पालिकाका सूचना प्रणालीमा आक्रमण गरेको जानकारी दिए ।

वेबसाइटमा समस्या रहेकोबारे ढिलो गरी थाहा भएको र आजसम्म समस्या समाधान हुने गरी काम भइरहेको उनले जानकारी दिए ।

समस्या रहेका वेबसाइटहरुमध्ये केहीमा ‘यस वेबसाइटको मर्मत कार्य जारी छ । हामी एकछिन पछि फर्कने छौँ,’भन्ने सूचना राखिएको छ भने कतिपय वेबसाइट भने सूचनाविना नै बन्द छ ।

वेबसाइट नचल्दा पालिकाहरुले प्रकाशित गर्ने सूचना, जानकारीसहित विभिन्न प्रशासनिक र सामाजिक सुरक्षाको सेवाहरूसमेत असर परेको छ ।


सम्बन्धित समाचार