Logo

१४ पुष,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले बिपी उद्यानमा संचालित तरकारी तथा फलफुल बजार खाली गर्न फेरी सात दिने सूचना जारी गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा रहेको बिपी उद्यानमा संचालित तरकारी बजारलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा स्थित कृषि बजारमा सारिएकोले विपी उद्यान खाली गर्न सूचना जारी गरेको हो ।

विपी उद्यानमा ब्यवसाय गर्दै आइरहेका सबै ब्यापारीहरुलाई अबदेखि नगवास्थित कृषि बजारबाट आफनो व्यावसाय संचालन गर्न वीरगञ्ज महानगरपालिकाले निर्देशन दिएको छ ।

वीरगञ्ज महानगरपालिकाको निर्णय नमानी अटेर गरेमा बजार खाली गराउदा लाग्ने खर्च व्यापारी आफैले बेहोर्नु पर्ने पनि महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरेको छ । वीरगन्ज महानगरपालिकाकाले १५ दिन अघि पनि विपी उद्यानमा संचालित तरकारी तथा फलफुल बजार खाली गर्न सूचना जारी गरेको थियो ।


सम्बन्धित समाचार