Logo

१४ पुष,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले स्वास्थ्यकर्मीहरुको सेवा सुबिधामा बृद्धि गर्न निर्देशन दिएको छ । महानगरपालिका संचालनमा रहेका बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको पारिश्रमिक लगायत अन्य सुबिधामा अन्याय भएको गुनासो आएपछि सो निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।

निर्देशनमा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीको लागि न्युनतम पारिश्रमिक र सेवा सुबिधा नेपाल सरकार सरह नघटने गरि लागुगर्ने, नियुक्ति सम्झौता गरि राख्नु पर्ने, ज्यालादारीमा काम गराउन नपाइने, अनुभव पत्र दिनुपर्ने, पारिश्रमिक बैकिङ प्रणालीबाट दिनुपर्ने उल्लेख गरिएको छ ।

सरकारले स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सरकारले तोके अनुसारको पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने निर्देशन जारी गरेपछि वीरगन्ज महानगरपालिकाले पनि सूचना जारी गरेको हो ।

 


सम्बन्धित समाचार