Logo

१४ पुष, सेढवा । पर्साको जगरनाथपुर गाँउपालिकाले बिद्यार्थीको शैक्षिक अवस्था सुधारका लागि थप योजनाहरु सञ्चालन गरेको छ । पालिका भित्र रहेका तीन वटा माध्यमिक बिद्यालयका कक्षा ९र १० मा स्मार्ट बोर्ड जडान गरी त्यसको माध्यमबाट कक्षा संचालनमा ल्याएको छ ।

नेपाल राष्ट्रिय माबि मसिहानी र जगरनाथपुरमा २÷२ वटा र माबि संठीमा एउटा स्मार्ट बोर्ड जडान गरी त्यसको प्रयोगबाट कक्षा संचालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले बताए।

सो स्मार्ट बोर्डलाई वाईफाईसँग कनेक्ट गरी सम्बन्धित बिषयका पाठ्यक्रमको सम्बन्धित पाठ्य सामग्री, चित्र लगायतका सामग्री उपलब्ध गराउन सकिने अधिकृत रायले बताए।

यसका साथै पाठ्यपुस्तकमा रहेका प्रश्नको आलावा संभावित प्रश्न तथा जवाफ बिद्यार्थीलाई सजिलो भाषामा हुने भ्एकोले यसको प्रयोगले शिक्षण क्रियाकलापमा निकै सहयोग पुग्ने अधिकृत रायले बताए।

नेपाल राष्ट्रिय मावि मसिहानीका शिक्षक रुपनारायण साहले स्मार्ट बोर्डको प्रयोगले शिक्षण क्रियाकलापमा निकै सहयोग पुगेको बताए ।

स्मार्ट बोर्डको प्रयोगबाट नेपाल सरकारले सम्बन्धित मन्त्रालयबाट मान्यता प्राप्त शिक्षण सामग्री प्रयोग गर्दा शिक्षण निकै राम्रो भएको शिक्षक साहले बताए। बोर्डको प्रयोगबाट सिकाई उपलब्धि राम्रो भएको शिक्षक साहले बताए। यसका साथै जगरनाथपुर गाँउपालिकाले निःशुल्क कोचिङको व्यवस्था पनि गरेको छ।

बिगत एक महिनादेखि कक्षा ९ र १० का लागि तीन बिषयमा निःशुल्क कोचिंग सुरु गरिएको शिक्षा प्रमुख अशोक सिंहले बताए। पालिकाले शिक्षा सुधारका लागि अंग्रेजी, बिज्ञान र गणित बिषयको कोचिंग सञ्चालन गरेको सिंहले बताए।

निःशुल्क कोचिङ्गमा कक्षा ९ र १० को २९७ जना बिद्यार्थीहरु रहेका छन् । शिक्षामा सुधारका लागि पालिकाले दुई महिना पहिले कक्षामा कुर्सी र मोबाइल प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।


सम्बन्धित समाचार