१५ पुष, काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ । मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा निधन भएको बीबीसीले जनाएको छ ।
कार्टरको निधनप्रति नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिङ्गो अमेरिका कार्टरप्रति ऋणि रहेको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । यस्तै, कार्टरलाई सम्झिँदै पूर्व राष्ट्रपति बिल क्लिन्टनले कार्टर अरुको सेवाका लागि जीउने मान्छे भएको बताएका छन् ।
कार्टरले सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल राष्ट्रपतिका रुपमा ह्वाइटहाउसमा थिए । उनी अमेरिकाको ३९औँ राष्ट्रपति थिए ।
कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो आयु जीवित रहने राष्ट्रपति बनेका छन् । उनको एक सामान्य किसानबाट राष्ट्रपतिसम्मको यात्राबारे चर्चा भइरहेको खबरमा उल्लेख छ ।
राष्ट्रपतिको कार्यकाल पछि कार्टरले आफूलाई मानवीय र शान्ति–प्रवद्र्धन गतिविधिहरूमा समर्पित गरेर सन् १९८२ मा कार्टर फाउन्डेसन स्थापना गरेका थिए ।
फाउन्डेसन मानव अधिकारको रक्षा, अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा मध्यस्थता र विभिन्न देशहरूमा चुनावी प्रक्रियाहरूको पर्यवेक्षणमा केन्द्रित गैर–सरकारी संस्था हो । यही कामले उहाँलाई २००२ मा नोबेल शान्ति पुरस्कार दिलाएको थियो ।