![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/07/Prachanda_6.jpg-1.jpg?fit=1000%2C663&ssl=1)
१५ पुष, काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज झापा जाँदैछन् ।
गौरीगञ्जमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्न उहाँ आज झापा जान लागेका हुन् ।
केपी ओली सरकार भ्रष्टचारमा डुबेको र आफ्नालाइ काखा गर्न लागेको भन्दै नेकपा माओवादी केन्द्रले देशब्यापी रूपमा खबरदारी सभाको आयोजना गरिरहेको छ ।
शनिवार महेन्द्रनगर पुगेका प्रचण्ड ओलीको गृह जिल्लामा जान लागेका हुन् । प्रचण्डले सम्बोधन गर्ने उक्त खबरदारी सभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको जनाइएको छ ।