१५ पुष, वीरगञ्ज । पुस महिनाको मध्य समयदेखि तराई मधेस क्षेत्रमा चिसो बढेको छ । गएको शुक्रबारदेखि मौसममा बदली भई हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ । तराई मधेस क्षेत्रमा अस्तीसम्म घाम लागेको थियो हिजो देखि मौसममा बदली भई आज बिहानैदेखि आकाश धुम्मिएको छ ।
आज बिहान मधेस तराईको बारा, पर्सा लगायतका क्षेत्रमा अत्यधिक बढेको छ । विगतका वर्षहरूमा तराई÷मधेशको जिल्लाहरूमा पौष महिनाभर अत्यधिक जाडो हुने गरेको थियो । तर, यस वर्ष आजदेखि बल्ल चिसो महसुस भएको छ । चिसो बढ्ेसँगै जनजीवन प्रभावित हुन थालेको छ ।
जाडोबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । चिसो छल्न गाउँघरमा विशेष गरी वृद्धवृद्धाहरु घुरा (आगो) ताप्ने गर्छन् । मौसम विभागले देशभरको मौसम सफा रहने बताएको छ । तर बिहानीपख भने तराई मधेस क्षेत्रमा बादल लागेर घाम नलाग्दा चिसो बढ्न थालेको छ ।