१५ पुष,वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा सेवा प्रवाह र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा पालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारले सेवा प्रवाह पारदर्शी र सहज हुनुपर्ने आवश्यक्ता औँल्याउनुभयो । पछिल्लो समयमा सेवाग्राहीले सेवा पाउन झन्झटिलो प्रक्रिया हुनुका साथै विभिन्न समस्याहरुको सामना गर्नुपर्ने गुनासो आउने गरेको उनको भनाई छ ।
जनताको सेवा गर्ने अभिप्रायले निर्वाचित भएका जनप्रतिनीधिले जनताको सेवालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।जिल्ला प्रशासन कार्यालय पर्साबाट प्रवाह हुने सेवा (नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी, प्रहरी सर्जमिन मुचुल्का) लगायतका सेवालाई थप प्रभावकारी बनाउन सम्बन्धमा प्रमुख जिल्ला अधिकरी गणेश अर्यालले प्रशिक्षण दिएका थिए। अधिकारी गणेश अर्यालले आफु सुशासन र सहज सेवामा विश्वास गर्ने धारणा राख्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालसहित पर्साका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख तथा वडाअध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।