१६ पुष,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बयान सुरु भएको छ । मंगलबार जिल्ला अदालत कास्कीमा थुनछेक बयान सुरु भएको हो ।
सरकारी वकिल सुजाता पौडेलबाट बहस सुरु भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
यसअघि रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको मंगलबार बयान सकिएको थियो ।
यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।