Logo

१६ पुष,वीरगञ्ज । नेपाल पत्रकार महासंघको २७ औ महाधिवेशन निर्वाचित मधेस प्रदेश कार्य समितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठकमा तिनै तहको निवार्चन सफलतापुर्वक समपन्न गर्न योगदान पु¥याउने निर्वतमान कार्यसमिति, निर्वाचन समितिहरु, महासंघका सदस्यहरु धन्यबाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

बैंक खाता संचालन गर्दा कोषाध्यक्ष सहित अध्यक्ष वा महासंघका महासचिव एकजनाको अनिवार्य हस्ताक्षर रहने, तिन महिनाभित्र जनकपुरमा मधेश प्रदेश कार्यसमितिको कार्यलय स्थापना र ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।

यस्तै अहिले निर्वाचिन कार्यसमितिकै कार्यकालभित्र महासंघको स्थायी भवन निमार्णका लागि जनकपुरधामभित्र जग्गा प्राप्तिका लागि समबन्धित निकायहरुसंग समन्वय र सहकार्य गर्दै प्रक्रिया अघि बढाउने, पत्रकारहरुको स्वास्थ्य, दुर्घटना तथा आर्थिक समस्यालाई सम्बोधन गर्न कल्याणकारी कोषलाई सृदृढ बनाउने, निशुल्क दुर्घटना तथा स्वास्थ्य बिमा प्रभावकारी बनाउन मधेश सरकारसंग सहकार्य गर्ने निर्णय गरेको छ ।

सरकारी अस्पतालहरुमा पत्रकारको निशुल्क तथा परिवारका सदस्यको उपचारमा ५० प्रतिशत छुटको ब्यवस्था गर्न पहल गर्ने, निजी तथा सरकारी बिधालयमा पत्रकारका छोराछोरीलाई ५० प्रतिशत सम्मको छुटमा अध्ययनको ब्यवस्था मिलाउन समबन्धित पक्षसंग समन्वय गर्ने निर्णय गरेको महासचिव शैलेन्द्र महतो क्रान्तिले बताए ।

त्यसैगरी मधेश प्रदेश सरकारले उपलब्ध गराउने लोककल्याणकारी बिज्ञापन रकम शतप्रतिशत बढाउन पहल गर्ने र मिडिया काउन्सिल मधेश प्रदेशमा श्याम बन्जारालाई पदेन सदस्यका रुपमा नियुतिका लागि पत्र पठाउने लगायतका निर्णय गरिएको छ ।


सम्बन्धित समाचार