Logo

१६ पुष, महोत्तरी । प्रेस सेन्टर नेपाल जिल्ला समिति महोत्तरीको अध्यक्षमा विशाल बस्नेत चयन भएका छन् । मंगलबार महोत्तरीको बर्दिवासमा सम्पन्न ५ औं जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा बिनय यादव, महिला उपाध्यक्षमा भाग्यरेखा ठकुर, सचिवमा विकास आर्य ठाकुर, सहसचिवमा दिपक कुमार पाण्डेय, समावेशी सहसचिवमा उषा आचार्य, कोषाध्यक्ष राजिव कुमार राय कुर्मी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा अनिष साह, राधाकृष्ण शर्मा, रजनी साह, जीवनराज दाहाल, बोधप्रसाद सुवेदी (गणेशं) इशारा लामा, अनिषा यादव, गणेश सिंह कुशवाह, अफ्ताब अन्सारी, रोहित यादब चयन भएका छ ।

अधिवेशनबाट आगामी माघ १५ गतेदेखि काठमाडौंमा हुने केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महेश कुमार दास र प्रेम बहादुर कार्की चयन गरेको छ । त्यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिमा देवलाल गोले, साजन चिमोरिया र रेजिना बिश्वकर्मालाई चयन गरेको छ ।

अधिवेशनको उदघाटन सत्रमा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला इञ्चार्ज राजु खड्का, मधेस प्रदेश संसदीय दलका नेता तथा पूर्व मन्त्री भरत साह, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटा, केन्द्रीय सदस्य सुनिता बराल, मधेस प्रदेश अध्यक्ष किरण कर्ण, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, विद्यार्थी नेता सूर्यनारायण साह लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार