१७ पुष,काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले पार्टी कारबाहीमा परेपछि बुधबार पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखि असन्तुष्ट नेता रावलले उनै ओलीमाथि आफ्ना रोष प्रकट गरेका छन् । पत्रकार सम्मेलनमार्फत उनले ओलीमाथि प्रश्नैप्रश्न तेस्र्याएका छन् ।