१८ पुष,काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो १ बजेर ३ मिनेटमा भूकम्पको धक्कका महसुु भएको हो ।
एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टमका अनुसार धादिङको ज्यामिरेबाट दुई किलोमिटर परको भूभागलाई केन्द्रबिन्दु बनाउने ४.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो ।
केही सातायता नेपालको सुदूरपश्चिमी भूगोलमा लगातार भूकम्प गइरहेको छ । यस्तोमा मध्य नेपालमा पनि भूकम्पको धक्का महसुस भएको हो ।