१८ पुष,काठमाडौं । भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
समितिले नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।
उक्त समितिले प्रतिवेदनसहित समितिमा पेश गरेको विधेयक सर्वसम्मत पारित भएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।