Logo

१८ पुष,काठमाडौँ । आइक्युएयरको पछिल्लो वायु गुणस्तर सूचकाङ्क (एक्युआई) को वर्गाीकरण अनुसार प्रमुख विश्वव्यापी वायु गुणस्तर अनुगमन सेवाको तथ्याङ्कका आधारमा कराची र लाहोर विश्वका सबै भन्दा प्रदूषित सहरको सूचीमा परेको छ ।

लाहोर र कराची दुवैले गम्भीर वायु प्रदूषण सँग जुझिरहेका छन् । यसले जनस्वास्थ्यका लागि ठूलो खतरा खडा गरेको छ । विशेष गरी लाहोरलाई विश्वको सबै भन्दा प्रदूषित शहरको रूपमा स्थान दिइएको छ । लाहोरको एक्युआई ३५४ छ । यसलाई बासिन्दाहरूका लागि ‘खतरनाक’ मानिन्छ ।

एक्सप्रेस ट्रिब्युनका अनुसार एक करोड १० लाख भन्दा बढी जनसङ्ख्या भएको यो शहर सवारी साधनको उत्सर्जन, औद्योगिक गतिविधिहरू र बाली जलाउने कार्यका कारण लामो समय देखि खराब वायु गुणस्तर सँग जुधिरहेको छ । नतिजाको रूपमा विशेष गरी जाडो महिनाहरूमा जब धुवाँ सबै भन्दा तीव्र हुँदा धेरै बासिन्दाले दम र अन्य फोक्सोका रोग सहित बढ्दो श्वासप्रश्वास समस्याहरूको सामना गर्नुपरेको छ ।

गत महिनामा धुवाँका कारण १८ लाख ८६ हजार ५८६ जना बिरामी परेका छन् । तीमध्ये एक लाख २९ हजार ,२२९ ले श्वासप्रश्वासको समस्याका लागि अस्पताल उपचार खोजिरहेका छन् ।यसैबीच, ६१ लाख १५३ व्यक्तिमा कार्डियोथोरेसिक अवस्थाहरू अवस्था निदान गरिएको छ । त्यसैगरी दैनिक ६९ हजार ३९९ भन्दा बढी बिरामी श्वासप्रश्वासको समस्या, छाती दुख्ने वा धुवाँको कारणले स्ट्रोक भएको रिपोर्ट गरिएको छ ।

रिपोर्ट अनुसार पाकिस्तानको सबै भन्दा ठूलो शहर कराची १६४ को एक्यूआई सहित सूचीमा १३औँ स्थानमा छ ।यसले यो शरहलाई ‘अस्वस्थ’ श्रेणीमा राखेको छ । शहरको व्यस्त बन्दरगाह, भारी ट्राफिक र औद्योगिक क्षेत्रहरूले उच्च प्रदूषणको स्तरमा योगदान पु¥याउँछ ।

यसले वातावरण र जनस्वास्थ्य दुवैलाई खतरामा पारेको छ ।वायु प्रदूषणको सामना गर्न निरन्तर प्रयासहरू भए पनि कराचीको हावाको गुणस्तर बिग्रँदै जाँदा बासिन्दाहरू, विशेष गरी पहिले नै स्वास्थ्य अवस्थाहरू भएका मानिसहरूलाई गम्भीर खतरा उत्पन्न गरेको छ ।

गैरसरकारी वातावरणीय सङ्गठन क्लाइमेट एक्सन सेन्टर (सिएसी) ले यसअघि लाहोर र पञ्जाबका अन्य शहरमा धुवाँका साथै कराचीमा हालैको धुवाँलाई सवारी उत्सर्जन सँग जोडेको छ ।

मङ्गलबार कराची प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा सिएसी निर्देशक यासिर हुसेनले पेट्रोल र डिजेल सवारी साधनहरू बाट उत्सर्जन यी शहरहरूमा प्रदूषणमा प्रमुख योगदानकर्ता भएका बताए । कराचीमा ६० प्रतिशत र लाहोरमा ८० प्रतिशत प्रदूषणका लागि जिम्मेवार छ । रासस


सम्बन्धित समाचार