Logo

१९ पुष, वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्साले पत्रकार महासंघ पर्साका सदस्य जियलाल साहलाई धम्की दिनेलाई कारबाही गर्न माग गरेको छ ।

पत्रकार महासंघ पर्सा शाखाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो ।

आफ्ना नेताविरुद्ध समाचार लेखेको भन्दै एमाले कार्यकर्ताले पत्रकार साहलाई अभद्र व्यवहार गर्नुका साथै धम्की दिन थालेपछि धम्की दिनेहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

पत्रकार महासंघ पर्साका सचिव विजय कुमार महतोले जारी गरेको विज्ञप्तिमा लेखिएको छ (पत्रकार साहलाई समाचार लेखेकै कारण केहि व्याक्तिले सामाजिक सञ्जालमार्फत दिइरहेको मानसिक तनाव र दबाबप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

सिधा कुरा अनलाइन पोर्टलमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौनीको औराहा पचगावामा पुस १४ गते आयोजित कार्यक्रममा ‘विवादीत पुष्ठभूमी’का व्याक्तिलाई पार्टीमा प्रवेश गराएको सम्बन्धि समाचार लेखेको बहानामा पत्रकार साहविरुद्ध सामाजिक सञ्जालमा फोटो नै राखरे धम्कीपूर्ण स्टाटस लेख्नु र लेख्न लगाउनु आपत्तिजनक रहेको महासंघले जनाएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझेको खण्डमा कानूनी उपचारको प्रकृया र विधि हुदाँहुदैंपनि सामाजिक सञ्जालमार्फत धम्की दिनु सञ्चारकर्मी र सञ्चारमाध्यप्रतिको बक्रदृष्टि रहेको भन्दै पत्रकार महासंघले त्यस्ता धम्की दिने र मानमर्दन गर्नेहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन पत्रकार महासंघले सम्बद्ध पक्षसंग माग गरेको छ ।

पत्रकार साहले आफूलाई फोन गरेर समेत धम्की दिइएको बताएका छन् । ’मेरो फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै जहाँ भेट्यो त्यही कालोमोसो दल्ने धम्की दिएका छन्’, साहले भने, ‘फोन गरेर समत यस्तो समाचार किन लेखेको भन्दै थर्काइरहेका छन् ।’


सम्बन्धित समाचार