१९ पुष, वीरगञ्ज । प्रेस सेन्टर नेपाल पर्साको छैठौं जिल्ला अधिवेशन वीरगन्जमा सम्पन्न भएको छ । सम्पन्न छैठौं जिल्ला अधिवेशनले शिवनाथ यादवको नेतृत्वमा नयाँ कार्य समिति पनि चयन गरेको हो ।
सो कार्य समितिको उपाध्यक्षमा कृष्णमोहन साह, महिला उपाध्यक्ष समिना रंजितकार, सचिव अजित कुमार भुजेल, सह–सचिवमा विदुर गौतम, समावेशी सह–सचिव रंजित यादव, कोषाध्यक्ष संजित गुप्ता निर्विरोध निर्वाचित भएको सेन्टरका केन्द्रिय प्रतिनिधि तथा सेन्टरका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले बताए ।
त्यसैगरी सदस्यहरुमा रितेष झा, माधव तिमिल्सिना, दिपेन्द्र प्रसाद, बलिराम यादव, प्रणय साह, आनन्द साह, मेघराज राय थारु, विशाल पटेल, संयोग गिरी, सन्तोष कुशवाह गरी १७ सदस्य नयाँ कार्य समिति बनेको निर्वाचन समिति संयोजक निरज पिठाकोटेले बताए । शुक्रबार नै उद्घाटन सत्र भई सुरु भएको बन्द सत्रले नयाँ कार्य समिति टुँगो लगाएको अर्का निर्वाचन समिति सदस्य दिपक गौतमले जनाए । तीन सदस्य निर्वाचन समितिमा राजु विश्वकर्मा पनि सहभागी रहेको जनाइएको छ ।
बन्द शत्र सुरु हुनुपूर्व भएको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी, प्रदेश अध्यक्ष श्याम बन्जारा, महासंघका केन्द्रिय लेखा समिति संयोजक केसी लामिछाने, पूर्व सचिव दीपेन्द्र चौहान, महासंघ पर्साका अध्यक्ष ओम खनाल, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी, समाजवादी प्रेस संगठनका पर्सा अध्यक्ष शम्भुकुमार सुमन लगायत पर्साका संचार संस्थाका नेतृत्वकर्ता तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । सो कार्यक्रममा पर्सेली संचारकर्मीहरुको हितमा सबै संचारकर्मीहरुले सहकार्य गरेर अगाडी बढ्न पर्ने कुरामा जोड दिइएको थियो ।