Logo

२० पुष, काठमाडौं । वीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा सुशिल भट्टलाई ल्याउने खेल शुरु भएको छ ।

आउँदो माघ १७ गतेबाट रिक्त हुदै गरेको नेपाल बीमा प्राधिकरणको अध्यक्षमा लगानी बोर्डका पूर्व कार्यकारी प्रमुख सुशिल भट्टलाई ल्याउन उनका सहोदर भाई दीपक भट्ट लागि परेका छन् । बैंक, वित्तिय, बीमा तथा प्रशासनिक क्षेत्रका प्रमुख पदमा नियुक्ती दिलाउन दीपक भट्टले विचौलियाको रुपमा काम गर्दै आएको उनीमाथि आरोप लाग्ने गरेको छ ।

बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवाल नागरिकता किर्ते र भष्ट्राचार अभियोगमा अख्तियार दुरुपयोग अनुसंधान आयोगले विशेष अदालतमा मुद्दा दायर पछि निलम्बन मा परेका छन । बीमा ऐन २०७९ अनुसार साबिक अध्यक्षको पदाअवधि सकिनु ३० दिन अघि नयाँ नियुक्तिको प्रकृया शुरु गरिसक्नु पर्ने कानूनी व्यवस्था रहेको छ ।

सोही प्रावधान अनुसार बीमा प्राधिकरणको अध्यक्ष नियुक्तीका लागि सिफारिस गर्न पुष ९ गतेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका सम्वन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र बीमा बिज्ञबाट ज्योति चन्द्र ओझा सदस्य रहेको तीन सदस्य सिफारिस समिति गठन गरेको छ ।

सिफारिस समितिले ऐन बमोजिम प्राधिकरणको अध्यक्षका लागि सार्वजनिक सूचना प्रकाशित गरेर आवेदन माग गर्नुपर्ने हो । तर समिति गठन भएको ११ दिन भइसक्दापनि कुनै सार्वजनिक सूचना प्रकाशन गरिएको छैन ।

स्रोतका अनुसार समितिले तीन जनाको नाम सिफारिसको तयारी गरेको छ । राजनीतिक र प्रशासनिक क्षेत्रमा विचौलियाको रुमपा चिनिएका दीपक भट्टले आफ्नै सहोदर भाई सुशिल भट्टलाई अध्यक्ष बनाउने दाउँमा लागेका छन् । पैसा र पावरको खेलमा माहिर भट्टको पल्ला भारि रहेको बीमा क्षेत्रका जानकारहरुको बुझाई छ ।

प्राधिकरणको अध्यक्षको दौडमा रहेका कृषि बिकास बैकंका अध्यक्ष रामशरण पुडासैनि र बिमा बिज्ञ तथा स्वास्थ बीमा बोर्डका पुर्ब कार्यकारी प्रमुख डा. दामोदर बस्यौला पनि प्रतिस्पर्धा रहेका छन् । प्रधानमन्त्रि केपी शर्माको रोजाईमा रहेका पूर्व सचिव पुडासैनीको संभावना पनि बलियो रहेको तर्क एक थरिको छ ।

बीमा प्राधिकरणको अध्यक्ष हुदा जीवन, निर्जिवन, पुर्नबीमा र लघुबीमा गरी ३७ वटा कम्पनीहरुलाई तर्साएर आर्थिक चलखेल गर्न सकिन्छ की भन्ने सपना बोकेर वीमा प्राधिकरणको अध्यक्ष बन्न पावर र पैसावालाकै बोलवाला देखिन्छ ।

यस अघि समेत वीमा समितिको अध्यक्ष बन्न करोडौ रुपियाँ नजराना बुझाउने गरेको वीमा क्षेत्रका विज्ञहरु भनाई छ । प्राधिकरणका पूर्व अध्यक्षहरु चिरन्जिवी चापागाई र सुर्य सिलवालको नियुक्तिमा जीवन बीमा र पुनर्बीमाको नयाँ लाईसेन्सको कारण चापागाईलाई चन्द्र ढकाल र सिलवाललाई दिपक भट्टले शक्ति केन्द्रमा लगानी गरेको चर्चा थियो ।

सिफारिस समितिले नाम बोकेर शक्तिकेन्द्रमा पेश गरेका प्राधिकरणका संभाबित अध्यक्षका तीन वटै उम्मेद्वार एमाले निकट मानिन्छन । एडभाmन्समा मागेको रकम बुझाउन सक्ने हैसियत शुशिलका सहोदर भाइ दिपक भट्ट संग मात्र छ ।

नेपालको अर्थतन्त्रका हरेक क्षेत्र कब्जा जमाउदै गएका शक्तिकेन्द्र नजिकका बिचौलिया दिपक भट्ट दाइ शुशिललाई नेपाल राष्ट्र बैकंको गभर्नर बनाउन चाहन्थे । शुशिललाई गभर्नर बनाउदा सत्तारुढ नेपाली कांग्रेस नै रुष्ट हुने र जनतामा नकरात्मक सन्देश जाने भयले गभर्नरको च्याप्टर क्लोज भएपछि बीमा प्राधिकरणमा भट्टको नजर परेको हो ।

सुशिल भट्टलाई बीमा प्रधिकरणको अध्यक्ष बनाउन सफल भएमा वीमा क्षेत्रमा नयाँ लाईसेन्स दिन र दिपक भट्ट समुहले संचालन गरेको ७ वटा लघु बीमालाई अपग्रेड गराउने दाउँमा दीपक छन् । भट्ट समुहको हिमालयन रिईन्सुरेन्सलाई सरकारी कोटाको व्यवसाय सुरक्षित गरिरहन पनि सुशील भट्टलाई अध्यक्ष बनाउन जुनसुकै अस्त्र प्रयोग गर्ने स्थितीमा दीपक पुगेको बताइन्छ ।

देश अहिले आर्थिक अवस्था झन झन खराब हुँदै छ । बीमा उधोग पनि ओरालो लाग्दै छ । स्वास्थ बीमा, कोरोना बीमा र दावी भुक्तानी समयमा नपाउदा बीमा प्रति आकर्षण धेरै नै खस्केको छ । यस्तोमा बीमा उधोगको बिश्वासनियता बढाउदै यस्को बिकास र बिस्ताको लागि बिचौलियाको सेटिगंमा आउने वा ब्युरेक्रेसि संस्कारको पुर्ब प्रशासकले काम गर्न नसक्ने बीमा क्षेत्रका सरोकारवालाहरुको बुझाई छ ।

बीमा क्षेत्रको बिकासको लागि बीमा बुझेको, बीमा पढेको र बीमा व्यवसायको क्षेत्रमा कार्यकारी नेतृत्व गरिसकेको ब्यक्तिले मात्र काम गर्न सक्ने बुझाई वीमा क्षेत्रका अगुवाहरुको छ । सिफारिस समितिको गोप्य सुचिमा रहेका डाक्टर दामोदर बस्यौलाको बिज्ञता र ब्यक्तित्व भट्ट र पुडासैनी भन्दा अब्ल देखिन्छ ।

बस्यौला बीमामा पिएचडी मात्र हैनन, बीमा बिज्ञ र ब्यवसाय बुझेको मान्छे पनि हुन । उनी पुरानो एमाले क्याडर र एमाले भएकै कारण काग्रेंस अर्थ मन्त्रिले दुई दुई पटक निलम्बन गर्दा सर्बोच्च अदालतबाट पुनर्बहाली भएर आएका व्यक्ति हुन । बीमा व्यवसाय क्षेत्रका व्यक्तिहरुको रोजाईमा भने बस्यौला परेको देखिन्छ ।


सम्बन्धित समाचार