Logo

२० पुष, वीरगञ्ज । बारा पर्सा जोड्ने सिंगाह पुल बर्षौदेखि जीर्ण बन्दा स्थानीयलाई आवत जावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको छ । बाराको निर्वाचन क्षेत्र नं.४ अन्तर्गत विश्रामपुर गाँउपालिका वडा नं.–५ नकटुवा स्थित सिंगहा पुल जीर्ण बन्दा आवतजावतमा समस्या भएको हो ।

बाराको निर्वाचन क्षेत्र नं.४ को (ख) बाट दोस्रो पटक निर्वाचित प्रदेशसभा सदस्य जितेन्द्र सोनल र संघीय सासंद कृष्ण कुमार श्रेष्ठ (किसान) लाई भेटेर पुल निर्माणको लागि पटक पटक आग्रह गर्दा समेत अहिलेसम्म कुनै सुनुवाई नभएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।

सिंगहा पुल बारा पर्सा जिल्लालाई जोडने पुल हो । पुल जीर्ण बन्दा बारा जिल्लाका ग्रामीण क्षेत्र फेटा, त्रिबेणी, प्रसौनी, नकटुवाबाट वीरगन्ज आउनेहरुको लागि आवत जावतमा समस्या भईरहेको स्थानीय युवा राहुल गुप्ताले दुखेसो गरे ।

त्यस्तै वीरगंजबाट कलैया, बरियारपुु, प्रसौनी जानको लागि पनि सजिलो र नजिक पर्ने सिंगहा पुल मर्मत नहुँदा दिनहुँ दुर्घटनामा पर्ने गरेको अर्का स्थानीय युवा रुपेश कुश्वाहले बताए ।


सम्बन्धित समाचार