२० पुष,ठोरी । नेवार समुदायको राष्ट्रिय संस्था नेवा देय दबुको ठोरी गाउँपालिका स्तरीय प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । ठोरी गाउँकार्यपालिकाको कार्यालय घ्याङडाँडामा सम्पन्न अधिवेशनले नेवार समुदायका अगुवा राम बहादुर श्रेष्ठको अध्यक्षतामा पालिका स्तरीय समिति गठन गरेको छ ।
अधिवेशनबाट नेवा देय दबूको उपाध्यक्षमा बलराम श्रेष्ठ र सचिवमा अमृत श्रेष्ठलाई सर्वसम्मत चयन गरेको कार्यक्रममा सहभागी नेवार अगुवा अमर निर्दोशले जानकारी दिनुभयो । यस्तै अधिवेशनबाट सहसचीवमा दिपक श्रेष्ठ , कोषाध्यक्षमा पट्टु माया श्रेष्ठ लगायत १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको श्रेष्ठले बताउनुभयो ।
अधिवेशनको मधेस विश्वविद्यालयका उपकुलप्रमुख समेत रहनुभएका प्रमुख अतिथि प्राध्यापक डा. दिपक शाक्यले उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा. शाक्यले पहिचान र संस्कृतिको संरक्षण गर्न नेवार समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।