२१ पुष,सेढवा । पर्सा राष्ट्रिय निकुञ्जद्वारा सन्चालित पञ्चमूखी मध्यवर्ती उपभोक्ता समितिले आज ५० जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर–१ भवानीपूरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा राष्ट्रिय प्रकृति संरक्षण कोषको अक्षय कोषको व्याज रकमबाट ५० जना विद्यार्थीलाई ट्र्याक सुट वितरण गरिएको हो ।
असहाय बालबालिका हरुलाई शिक्षाबाट बञ्चित नगरौं भन्ने उद्देश्यका साथ विद्यार्थी हरुलाई ट्र्याक सुट बितरण गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष महादेवपट्टीका संयोजक जितेन्द्र प्रसाद यादवले जानकारी दिए ।
जिराभवानी गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष रामशरण खवासको प्रमुख आतिथ्यता तथा पञ्चमूखी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष जयचन्द्र दासको सभापतित्वमा सम्पन्न बितरण कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जको गडुवा लाइन सेक्टरका सिनियर गेम स्काउट सञ्जय यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरायण भैया, विद्यालयका प्रधानाध्यापक यान बहादुर श्रेष्ठ लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।