Logo

२१ पुष, सेंढवा । अत्यधिक चिसो बढ्दै गएपछि पर्साका अधिकांश सामुदायिक बिद्यालयहरु बन्द हुन थालेका छन् । जिल्लाको जगरनाथपुर, छिपहरमाई, बिन्दवासिनी, सखुवाप्रसौनी, कालिकामाई, धोविनी गाउँपालिकाले सूचना निकाल्दै बिद्यालयमा सार्वजनिक बिदा दिएका छन् ।

त्यस्तै पर्सागढी, पोखरिया, बहुदरमाई नगरपालिकाले पनि शितलहर तथा जाडोका कारण बिद्यार्थीहरुको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने जोखिम बढेकोले बिद्यालयमा बिदा दिएका सूचना मार्फत जानकारी गराएका छन् ।

पोखरिया नगरपालिकाले भोलीदेखि २९ गतेसम्मको लागि विदा दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्य नजर गर्दै शैक्षिक क्यालेन्डर अनुसार भोलीदेखि २९ गते सोमबार सम्म नगरपालिका अन्तर्गत बाल विकास देखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्ययन अध्यापन बन्द रहने जनाएको छ ।

यस्तै बाराको देवताल गाउँपालिकाले पनि दुई दिन बिद्यालयमा विदा दिएको छ । सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरुलाई चिसोका कारण हुने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै पुष २१ र २२ गते गरी दुई दिनको विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवले जानकारी दिए ।


सम्बन्धित समाचार