२३ पुष, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ ।
यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी क्षेत्रको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।
भाडा वृद्धिसँगै अब वस्तुको मूल्य समेत वृद्धि हुने भएको छ । आर्थिक मन्दीमा पनि महंगाईको मारमा परेका उपभोत्ताहरु सार्वजनिक यातायातमा सरकारले नै गरेको भाडादर वृद्धिले थप चिन्तित बनेका छन् ।
भाडासूची :
Bhada release