२३ पुस, वीरगञ्ज। चीनको तिब्बतमा मंगलबार बिहान ६.८ म्याग्निच्युडको भूकम्पमा हजारभन्दा बढी घर भत्किएको छ। उक्त भूकम्पमा परी अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि भएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ भने चीनकै अर्को सञ्चारमाध्यम सिन्ह्वाले चाहिँ अहिलेसम्म ३२ जनाको मृत्यु भएको र ३८ जना घाइते भएको लेखेको छ।
भूकम्पमा परेकाहरूको उद्धार खटिनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले निर्देशन दिएका पनि सिन्ह्वाले उल्लेख गरेको छ।