२४ पुष, वीरगञ्ज । तराई मधेशमा आज पनि केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरोको कारण तराई मधेसको जनजीवन प्रभावित बनेको छ । देशका बाँकी भूभागको मौसम भने अहिले मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाले बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ ।
जसमा भनिएको छ, ‘बिहानको समयमा तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’