२४ पुष, ठोरी । पर्साको ठोरी गाउँपालिका अन्तर्गतका सबै विद्यालय आगामी दश दिन सम्म बन्द रहनेछ । आजदेखि सबै विद्यालयमा १० दिनको बिदा दिने निर्णय ठारी गाउँपालिकाले गरेको छ ।
बढ्दो चिसो र शितलहरका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या पर्न सक्ने भन्दै पुस २४ देखि माघ ४ गतेसम्म जाडो बिदा दिएको पालिकाले जानकारी गराएको हो ।
अब ठोरी गाउँपालिका अन्तर्गतका २१ सामुदायिक विद्यालयमा माघ ६ गतेबाट पठनपाठन शुरु हुनेछ ।
माघ ४ गतेसम्म जाडो बिदा र माघ ५ गते शनिबार परेकाले १० दिनभन्दा लामो बिदापछि माघ ६ बाट विद्यालय सन्चालन हुने ठोरी गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।