Logo

२५ पुष,काठमाडौँ । पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आज (बिहीबार) अन्त्येष्टी गरिदैछ । एक सय वर्षको उमेरमा जनवरी ९ मा निधन भएका उनको जर्जियामा श्रीमती रोजलाइन कार्टरको समाधि स्थल सँगै अन्त्येष्टि गर्न लागिएको हो ।

अन्त्येष्टि अघि अमेरिकी राष्ट्रपति जो बाइडेनले श्रद्धाञ्जली दिने तय भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मंगलबार देखि सार्वजनिक अवलोकनका लागि खुला राखिएको उनको पार्थिव शरीर आज दिन भर श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।

यसअघि पेन्सिलभेनिया एभिन्यूमा रहेको अमेरिकी नौसेना स्मारकमा उनलाई उपराष्ट्रपति कमला ह्यारिस, सिनेट बहुमत नेता जोन थुन र हाउस स्पिकर माइक जोनसनले श्रद्धाञ्जली अर्पण गरेका थिए । सो कार्यक्रममा कार्टरको परिवारका साथै कार्टरको राष्ट्रपति मन्त्रिपरिषद्का सदस्यहरू उपस्थित रहेका थिए ।

अमेरिकी राष्ट्रपति बाइडेनले यसअघि २०२५ जनवरी ९ को दिनलाई पूर्व राष्ट्रपतिका लागि संयुक्त राज्य अमेरिका भरि राष्ट्रिय शोक दिवसको रूपमा घोषणा गरेका थिए । एजेन्सी


सम्बन्धित समाचार