२६ पुष, काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षता नियुक्तिका लागि सेटिङ्ग मिलाएर सूचना जारी गरेको छ । नेपाल धितो पत्र बोर्डको अध्यक्ष नियुक्ति पछि बहु प्रतिक्षित बीमा प्राधिकरण अध्यक्ष छनोटको प्रकृया शुरु भएको छ।नेपाल सरकारले शुक्रबार प्राधिकरणको अध्यक्ष पदमा आवेदन खुला गरेको हो।
निवेदन दिने उम्मेदवार ६५ बर्ष ननाघेको, तोकेको बिषयमा स्नाकोत्तर उत्तीर्ण भएको, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, कालोसूचीमा नपरेको, विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त नगरेको हुनु पर्नेछ उल्लेख गरिएको छ।
साथै बीमा ऐन बमोजिम अध्यक्ष पदमा तोकेको अयोग्यता नभएको हुनुपर्ने पनि उल्लेख छ। निवेदन साथ रु। ७५००।– दस्तुर र ब्यवसायिक कार्य योजना पनि पेश गर्न सूचनामा भनिएको छ। अर्थ मन्त्रालयको अध्यक्ष नियुक्ति सिफारिस समितिको प्रकाशित सूचना अनुसार ईच्छुक उम्मेदवारले १५ दिनभित्र रितपूर्व निवेदन पेश गरिसक्नु पर्नेछ।
सरकारले शुरुमा सार्वजनिक सूचना ननिकाल्ने मनसाय बनाएको थियो। धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा अनावश्यक प्रचार र तनाव भोगेको सरकारले अध्यक्ष छनोट कमिटिबाट सोझै तीन जनाको नाम सिफारिस गराउन चाहेको थियो।
तर, अर्थ मन्त्रालय आफैले कार्यान्वयन गरिरहेको सार्बजनिक निकायका पदाधिकारि मनोनयन मापदण्ड २०७३ बिरुद्ध हुने भए पछि सुचना प्रकाशित गर्न बाध्य भएको हो।त्यसैले पनि पौष ९ गते छनोट समिति बनेर पनि १५ दिन पछि सुचना प्रकाशित गरिएको हो।
बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवाल नागरिकता किर्ते र भष्ट्राचार अभियोगमा अख्तियार दुरुपयोग अनुसंधान आयोगले विशेष अदालतमा मुद्दा दायर पछि निलम्बन मा परेका छन । बीमा ऐन २०७९ अनुसार साबिक अध्यक्षको पदाअवधि सकिनु ३० दिन अघि नयाँ नियुक्तिको प्रकृया शुरु गरिसक्नु पर्ने कानूनी व्यवस्था रहेको छ ।
रिक्त रहेको पदमा नियुक्तिको लागि चलखेल भईरहेको छ । सरकारले धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति सेटिङ अनुसार नै गरेको छ । तर, त्यसमा धेरै तनाव र लामै रस्साकस्सी गर्नु परेको थियो । त्ससबाट पाठ सिकेर बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा निरकुंश शैली अपनाउने सोच सरकारले लिएको छ।
अध्यक्ष नियुक्तिको आवेदनको सूचनामा नै सरकारले सेटिङ अनुसार चाहेको ब्यक्तिलाई नियुक्त गर्न सक्ने प्रावधान राखेको पाईएको छ । सूचनाको बुँदा नम्बर ५ को (आ) मा प्राप्त आबेदन मध्ये जुनसुकैलाई कुनै कारण खोलेर वा नखोलेर रद्द गर्न सक्ने ब्यवस्था गरेको छ।
अब सरकारको ईशारामा सिफारिस समितिले सेटिङ्ग भन्दा बाहिरको जुनसुकै योग्य आवेदकको निवेदन कारण नखोलेर पनि रद्द गर्न सक्ने भयो। कानुनी राज्यमा कारण खोलेर रद्द गर्ने ब्यवस्थाले आवेदकको कानुनी उपचारको हक सुरक्षित हुने गर्छ । तर यहाँ त्यो अधिकारबाट बञ्चित गर्ने गरि निरकुंश प्रवृत्ति देखाईएको छ।
अध्यक्ष नियुक्तिको सूचना प्रकाशित भएपनि सूचना प्रकाशनमै गरिएको चलखेलले योग्य, सक्षम र बीमा ब्यवसाय बुझेको नेतृत्व आउला भन्ने चाहिँ नलागेको वीमाक्षेत्रका विज्ञहरुको भनाई छ। त्यसले पनि नेपालमा सरकारको सबै फाईदाका सार्वजनिक पदहरु बोलकबोलबाटै नियुक्ति हुने गरेकोले बीमा प्राधिकरणको अध्यक्ष छनोट निष्पक्ष होला भनेर आशा गरि हाल्ने आधार पनि नदेखिएको जानकारहरु बताउछन् ।
तीनजना मध्य कस्को पल्ला भारी ?
आउँदो माघ १७ गतेबाट रिक्त हुदै गरेको नेपाल बीमा प्राधिकरणको अध्यक्षमा तीजनाको नाम आन्तरिक रुपमा सिफारिस गर्ने तयारी यसअघि नै गरेको थियो । स्रोतका अनुसार समितिले तीन जनाको नाम सिफारिसको तयारी गरेको थियो । राजनीतिक र प्रशासनिक क्षेत्रमा विचौलियाको रुमपा चिनिएका दीपक भट्टले आफ्नै सहोदर भाई सुशिल भट्टलाई अध्यक्ष बनाउने दाउँमा लागेका थिए ।
प्राधिकरणको अध्यक्षको दौडमा रहेका कृषि बिकास बैकंका अध्यक्ष रामशरण पुडासैनी र बिमा बिज्ञ तथा स्वास्थ बीमा बोर्डका पुर्ब कार्यकारी प्रमुख डा.दामोदर बस्यौला पनि प्रतिस्पर्धा रहेका छन् । प्रधानमन्त्री केपी शर्माको रोजाईमा रहेका पूर्व सचिव पुडासैनीको संभावना पनि बलियो रहेको स्रोतले बतायो ।
बीमा प्राधिकरणको अध्यक्ष हुदा जीवन, निर्जिवन, पुर्नबीमा र लघुबीमा गरी ३७ वटा कम्पनीहरुलाई तर्साएर आर्थिक चलखेल गर्न सकिन्छ की भन्ने सपना बोकेर वीमा प्राधिकरणको अध्यक्ष बन्न पावर र पैसावालाकै बोलवाला देखिन्छ । यस अघि समेत वीमा समितिको अध्यक्ष बन्न करोडौ रुपियाँ नजराना बुझाउने गरेको वीमा क्षेत्रका विज्ञहरुको भनाई छ ।