Logo

२७ पुष,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी माईस्थान उपशाखाको नयाँ कार्यसमिति चयन गरिएको छ । आज सम्पन्न अधिवेशनले सभापतीमा डा.प्रमोद सर्राफ, महिला उपसभापतिमा रेखा कर्ण, सचिव उमेश कुमार गुप्ता, कोषाध्यक्ष उमेश साह कानु, सह सचीव– प्रदिप गुप्ता, सह कोषाध्यक्ष वसन्त कुमार गुप्तालाई चयन गरेको छ । त्यस्तै महिला सदस्यमा निशा श्रीवास्तव, सदस्यमा सुरेन्द्र सरार्फ, निर्मल अग्रवाल, सदश्य– सन्दिप कुमार गुप्ता, सदस्य– गणेश प्रसाद साहलाई चयन गरेको छ ।
त्यस्तै रेशमकोठी उपशाखाको ३० औं वार्षिक अधिवेशन वीरगञ्जमा सम्पन्न भएको छ । कार्यक्रम प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका वडा नं. ५ का अध्यक्ष प्रदीप कुमार चौरसियाको आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रम उपशाखाका सभापति नारायण यादवको सभापतित्वमा सम्पन्न भएको हो । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको छ ।

नयाँ कार्यसमितिमा सभापतिमा जितेन्द्र आस्वानी, महिला उपसभापतिमा सरिता यादव, सचिवमा लालबाबू सिंह, कोषाध्यक्षमा नवनित अग्रवाल, सह–कोषाध्यक्षमा श्रवण रायमाझी, सह–सचिवमा अभिलाष कुमार गुप्ता, महिला सदस्यमा मुना खनाललगायत चयन भएका छन् ।

विशिष्ट अतिथि महन्त यादवले रेडक्रसको योगदानप्रति प्रशंसा व्यक्त गर्दै विपद्का समयमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको स्मरण गराउनुभयो । रेडक्रसले सञ्चालन गर्ने स्वास्थ्य शिविर, प्राथमिक उपचार, विपद् व्यवस्थापन र जुनियर रेडक्रस क्लबका गतिविधिलाई थप सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ । कार्यक्रम सचिव लालबाबू सिंहले सञ्चालन गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार