Logo

२९ पुस,सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिकाले आदिवासी थारु समुदायको खिचडीको साथसाथै पर्टकिय स्थल दुधेश्वर महादेव मन्दिर भाथा महोत्सव मनाउने भएको छ ।
थारु संम्बत २६४९ को नयाँ बर्ष माघ १ गतेदेखि तीन दिनसम्म चौथो माघी तथा भाथा महोत्सव मनाउने भएको छ ।

मानवबस्तीभन्दा १७ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र रहेका भाथा पहाडमा अवस्थित दुधेश्वर महादेव मन्दिरमा बर्षौदेखि लाखौ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन । तर यी पर्यटकहरु हिन्दु धर्मको चाड पर्व तथा मेला लागेको समयमा मात्र आउने गर्दछन।

यस स्थलमा व्यवसायिक रुपमा पनि पर्यटन भित्रियाउन प्रचुर सम्भावना रहेका हुदा माघीसँगै यो महोत्सव मनाउन लागिएका माघी मूल समारोह समितिका अध्यक्ष मुकेश गौरोले बताए। यस महोत्सवका लागि पर्सा राष्ट्रिय निकुञ्जसंग सहकार्य गर्दै माघी महोत्सवदेखि भाथासम्म पर्यटक भित्रियाउन प्रयास गरिएको अध्यक्ष गौरोले बताए।

करिब २० किलोमीटरको दुरी पार गर्न समितिले जीप सफारी भाडामा ल्याएका छन। सोको भाडा दर प्रति ब्यक्ति ६ सय रुपैया रहेका छन। निकुञ्जको भाथा पोष्टमा एक वटा मात्र हाती भाथा हाती रहेकाले जंगल भित्र सफारी गर्न जोखिमपूर्ण रहेकाले आसपासको क्षेत्रको एक घण्डा सफारी गर्न १ हजार २ सय रुपैया प्रति व्यक्ति तोकिएका छन।

पटेर्वासुगौली गाउँपालिकाले वडा नं ४ को खेल मैदानमा चौथो माघी तथा भाथा महोत्सव आयोजना हुदैछ। यस मेलामा खुल्ला रक्तदान हुने साथै जितिया पर्व, थारु समुदायबाट लोप भइरहेका घाटों पर्व, थारु जातीमा बिवाहको समयमा गाइने परम्परागत गीतको समेत प्रदर्शन हुने जनाइएका छन।

यसका साथै थारु समुदायका परम्परागत संस्कृति, पहिचान, भाषा तथा पहिरनको प्रदर्शन हुने जनाइएका छन। महोत्सवमा हास, कुखुरा, परेवाका मासुका प्रकार, माछा, गंगटो, अनहीको परिकार को स्टलहरु पनि राखिनेछ। कार्यक्रममा नेपाली निरहुवा, समिक्षा चौधरी, रितु चौधरी र सुनिल पंडितको प्रस्तुती हुने जनाइएका छन।


सम्बन्धित समाचार